arrow

१० अर्बको हिसाब माग्ने सांसदलाई प्रधानमन्त्रीको गैरजिम्मेवार जवाफः अर्जुननरसिंह केसी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
arjun-narsingh-kc-smile.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कोरोना रोकथामको नाममा सरकारले खर्च गरेको दश अर्बको हिसाव माग्दा दिएको जवाफ गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएका छन्। 

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै भ्रष्टाचार अनियमित्ताको आशंकामा सांसदहरुले संसदमा उठाएको प्रश्नमा प्रधानमन्त्री दिएको जवाफ उचित नभएको केसीले बताए। 

प्रधानमन्त्रीसँग सरकारले खर्च गरेको दश अर्बको हिसाव माग्दा महालेखापरिक्षकले अर्को बर्ष पेश गर्छ भन्ने जवाफ दिएपछि कांग्रेस उनको जवाफसँग रुष्ट रहेको केसीको भनाइले पनि देखाएको छ। आम नागरिक बीचमा पनि प्रधानमन्त्री ओलीको जवाफको आलोचना भइरहेको छ। 

रोगले भन्दा भोकले देशमा अराजकता निम्त्याउने खतरा देखिदै गएको उल्लेख गर्दै नेता केसीले सरकार भ्रष्टाचारमा निर्लिप्त भएको केसीले बताए। 

केसीले राष्ट्र र लोकतन्त्रमाथि ठूलो चुनौती रहेको बताए। उनले भने, ‘एकदलीय शासन व्यवस्थातर्फ देश अग्रसर छ। देश भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको छ।' 

नेकपाको आन्तरिक द्न्दले सरकारले कोरोनालाई समयमै राष्ट्रिय एजेण्डा बनाउन नसक्दा अहिले पनि जनताको स्वास्थ्य सरकारको प्राथमिकतामा नपरेको केसीले बताए। । 

क्वारेन्टाइन यातना केन्द्र भएको जनाउँदै उनले कोरोना महामारी रोक्न र मानिसमा मनोबल बढाउन पूर्णरुपमा असफल भएको बताए।  



लोकप्रिय समाचार
नयाँ