arrow

माङ्खामा बम भेटियो

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
bomb1.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका  माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ । वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए । 

स्थानीयवासीले बिहिबार बिहान प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घटनास्थललाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित राखेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गइसकेको छ । सो ठाउँमा द्वन्द्वकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ