फेरि अर्का मृतकको पनि मृत्युपछि कोरोना पुष्टी, अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुने दुई पुगे
घनश्याम पौडेल,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
92
Shares
अर्घाखाँची। मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसि उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
परिक्षणका लागी पठाइएको स्वाब भेटिएको थिएन, भेटिएपछि परिक्षण गर्दा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए ।
मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको र उनको स्वाब परिक्षणका लागी प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो ।
घाटीको शल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेसिक अस्पताल बुटबल रिफर गरिएको थियो ।
लुम्विनी प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।
यसअघि अर्घाखाँचीमा भुमिकास्थानका एक युवाको भारतबाट आउँदै गर्दा मृत्यु भएको थियो ।
उनी कोरोना संक्रमितबाट मृत्यु भएको रिपोर्ट आएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।