काठमाडौं । कुनै समय बलिउड अभिनेता शाहरुख खान र मोडल उर्वशी रौतेला नजिकिएको चर्चा चलेको थियो । गौरी खान आफ्नो श्रीमान् शाहरुख खान र मोडल उर्वशी रौतेला नजिक भएपछि तनावमा रहिन् ।
सन् २०१६ दुबइमा भएको एक अवार्ड समारोहमा शाहरुख र उर्वशीविच देखिएको निकटताले धेरैलाई सोच्न वाध्य बनाएको थियो । उर्वशी श्रीमति गौरी जस्तै देखिने भएकाले गर्दा पनि शाहरुख उनीसँग नजिक भएको भारतिय सञ्चारमाध्यमले जनाएका थिए ।
सञ्चारमाध्यमका अनुसार शाहरुख उर्वशीप्रति बढीनै लगाब देखाएका शाहख पछि भने अलगिए। उर्वशी साहरुखका जेठा छोरा आर्यन भन्दा ३ बर्ष जेठी छिन् ।
केही बर्ष अगाडि नायक शाहरुख खान र नायिका प्रियंका चोपडाको सम्बन्धले मिडियामा खुबै स्थान पाएको थियो । तर, यो बिषयमा शाहरुख र प्रियंका दुबैले बोलेनन् । त्यस समय शाहरुख र प्रियंकाको सम्बन्धले गौरी खान तनावमा थिइन् ।
मिडियाले साहरुख र गौरीको डिभोर्स हुने सम्मका खबर प्रकाशित गरेका थिए । तर, शाहरुख र गौरीको सम्बन्ध आज पनि सुमधुर रुपमा चलिरहेको छ ।
२२ बर्षकी उर्वशीले सन् २०१५ मा ‘मिस इन्डिया’को ताज जितेकी हुन् । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘सनम रे’ बक्स अफिसमा सफल रह्यो । उर्वशीको करिअरमा विवादहरु पनि रहेका छन् ।
सन् २०१२ मा ‘मिस यूनिभर्स इन्डिया’ बन्दा उनले आफ्नो उमेर घटाएकाले उनि बिवादमा रहिन् । गतबर्ष उनले ८ लाख बराबरको कर नतिरिएको गरगहना लिएर जादै गर्दा मुम्बई विमानस्थलमा समातिएकी थिइन् ।