काठमाडौं। विदेशबाट चार्टर्ड फ्लाईट गरि नेपाल ल्याउने काममा आफू तथा आफ्नो गोचाली ट्राभल एण्ड टुर्सको कुनै संलग्नता नभएको प्रवन्ध निर्देशक भगिरथ सापकोटाले बताएका छन्।
हाम्राकुरामा २०७७ जेठ २८ गते बुधवार प्रकाशित समाचारको बिषयमा प्रतिक्रिया जनाउने क्रममा सापकोटाले हाम्राकुरालाई एक पत्र लेख्दै सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका हुन्।
विगत २ दिन अघि यहि जेष्ठ २८ गते बुधवार नेपालबाट विदेशका लागी गरिएको चार्टर फ्लाइट र केहि कम्पनिसँग हामीलाई जोडि यहाँको जस्तो विश्वासीलो र मर्यादित अनलाईनबाट कुनै पनि तथ्यसंग मेल नखाने गलत र आधारहिन समाचार सम्प्रेशण भएको कुराले हाम्रो गम्भीर ध्यान आर्कषण हुनुको साथै हामीलाई अत्यन्तै दुखित तुल्याएको सापकोटाले पठाएको पत्रमा उल्लेख छ ।
सापकोटाले पत्रमा लेखेका छन्, 'उक्त समाचार सच्चाई नेपाली व्यावसायीक मेडियाले गलत कुरा सच्याउन र नेपाली जनताको मान, प्रतिष्ठान, ईज्जतको सम्मान र संरक्षण गर्न सक्दछन् भन्ने कुरा स्थापित गर्न सहि र यर्थाथपरक समाचार पुन सम्प्रेषण गर्नहुन हादिक अनुरोध गर्दछौ।'