मृत्यु भएका सिंजाका वडा सदस्य रेग्मीका परिवारलाई गाउँपालिकाले दियो एकलाख राहत
मोहन बिक्रम शाही,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
144
Shares
जुम्ला। जुम्लाको सिँजा गाउँपालिका वडा नं ३का दिवंगत वडा सदस्य हरिकृष्ण रेग्मीको परिवारलाई एकलाख नगद सहितको राहत सामग्रि प्रदान गरेको छ। गत माघमा रेग्मीको मृत्यु भएको थियो।
वडा सदस्य रेग्मीको निधन भएपछि अति बिपन्न र ६ बर्ष मुनिका ३ जना छोराछोरी श्रीमतीको अबस्था नाजुक भएकाले गाउँपालिका अध्यक्ष देवलसिंह रावल सहितको टोली घरमै पुगी रु एकलाख सहित खाद्यान्न सहयोग गरेको हो।
गाउँपालिका भित्रका बिपन्न परिबारलाइ समस्या परेको बेला राहत सामग्री दिने काम यसअघि पनि गाउँपालिकाले गर्दै आएको र त्यसै अनुरुप आज रेग्मी परिवारलाई दिने निर्णय भएको गाउँपालिकाका प्रबक्ता नवीन शर्माले बताए।
निधन भएका रेग्मी गएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्बाचित भएका थिए।