arrow

सरिता गिरीको बचाउमा उत्रिए आङकाजी शेर्पा, यस्तो छ तर्क 

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
aangkaji-sherpa.JPG

काठमाडौं । जातियताको आन्दोलनमा खरो भएर उत्रने समाजवादीका नेता आङकाजी शेर्पा पछिल्ला दिनमा विवादमा परेकी समाजवादीकै सांसद सरिता गिरीको बचाउमा उत्रिएका छन् ।

समाजवादी पार्टी नेपालकी सांसद (हाल राजपासंग पार्टी एकता भएपछि जनता पार्टी नेपाल) गिरीले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने प्रस्ताव दर्ता गरेपछि आलोचित भइरहँदा सोही पार्टीका आङकाजीले उनको पक्ष लिएका हुन् । 

जबकि पार्टीले नै उक्त प्रस्ताव फिर्ता नलिए कार्वाही गर्ने चेतावनी दिँदा आङकाजीले कार्वाही गर्न नहुने बताएका हुन् । 

सिधा कुरा जनतासंग बोल्दै आङकाजीले ‘७० करोड खाने मान्छे निर्धक्क घुमिराछ, स्वास्थ्यमा नीतिगत भ्रष्टाचार गरेर घुमिराछ, अनि आफ्नो अभिव्यक्ति दिनेलाई चाहिं के कार्वाही गर्ने ?’ भने । 

उनले जनता भोको भइरहेका बेलामा एक एक करोडको कार्पेटमा सुत्ने राष्ट्रपतिलाई कार्वाही गर्नुपर्ने मागसमेत गरेका छन् । 

उनले सरिता गिरीको अभिव्यक्ति कसैले राष्ट्रघाती भनेर प्रमाणित गरिदिए आफूले राजनीति छोडिदिनेसमेत बताएका छन् । 

उनले सरिता गिरीमाथि कार्वाही भए आफू चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । 



लोकप्रिय समाचार
नयाँ