काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ९८ हजार २८३ पुगेको छ ।
२४ घण्टाको अवधिमा बिहीबारको भन्दा केही कम भए पनि गति उस्तै छ । शुक्रबार बिहानसम्म ११ हजार १२८ जना संक्रमित थपिएका छन् । मृतक ३९३ जना थपिएका छन् । मृतक अहिलेसम्मकै बढी हो । निको हुने ६ हजार ४४ थपिएका छन् ।
बिहीबार बिहान २४ घण्टाको अवधिमा ११ हजार १५६ जना संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै उच्च हो ।
त्यस्तै मृतक ३५७ पुगेका थिए । त्यस्तै निको हुने पनि एकै दिन ६ हजार ३२६ पुगेका थिए । जुन अहिलेसम्मकै उच्च हो ।
अहिले १ लाख ४२ हजार ७९५ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ४६ हजार ९७२ जनालाई निको भएको छ । भारतमा सक्रिय भन्दा निको हुनेको संख्या बढी रहेको छ ।
८ हजार ५०१ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा एकैदिन ३ हजार ६०७ जना नयाँ संक्रमित थपिएर संख्या ९७ हजार ६४८ जना पुगेका छन् ।
एकै दिन १५२ जनाको मृत्यु भएर महाराष्ट्रमा मृतक ३ हजार ५९० पुगेका छन् ।
विश्वको चौथो स्थानमा
भारतमा कोरोना बिकराल स्थितिमा पुगेको छ । संक्रमणमा भारत चौथो स्थानमा पुगेको छ । भारतले बेलायतलाई पनि पछि पारेको छ ।
बेलायतमा २ लाख ९१ हजार ४०९ जना संक्रमित रहेका छन् । त्यहाँ कोरोना शान्त हुँदैछ । २४ घण्टामा १ हजार २६६ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतक १५१ थपिएर ४१ हजार २७९ पुगेका छन् ।
भारतभन्दा अगाडि अमेरिका, ब्रजिल र रुस रहेका छन् ।