काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ८३ हजार ८९१ पुगेको छ । २४ घण्टामा १ लाख ३६ हजार ७४० जना संक्रमित थपिएका छन् । यो पछिल्लो समयको निकै बढी हो ।
त्यस्तै मृतकको संख्या ४ लाख २३ हजार ८२ पुगेको छ । २४ घण्टामा ४ हजार ९४७ जनाको ज्यान गएको छ ।
निको हुनेको संख्या ३८ लाख ३५ हजार १८३ रहेको छ । गम्भीर रोगीहरु ५३ हजार ९०२ रहेका छन् ।
अमेरिकामा सबैभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ २० लाख ८९ हजार ६८४ जना संक्रमित रहेका छन् । २३ हजार २८३ जना नयाँ संक्रमित थपिएका छन् ।
मृतक १ लाख १६ हजार ३० पुगेका छन् । नयाँ मृतक ९०० हुन् ।
त्यस्तै ब्रजिलमा नयाँ संक्रमित ३० हजार ४६५ पुगेका छन् । कूल संक्रमित ८ लाख ५ हजार ६४९ पुगेका छन् ।
मृतक १ हजार २६१ थपिएका छन् । अहिलेसम्म ४१ हजार ५८ जनाको ज्यान गएको छ ।
तेस्रो स्थानको रुसमा नयाँ संक्रमित ८ हजार ७७९ थपिएर ५ लाख २ हजार ४३६ जना पुगेका छन् । मृतक १७४ थपिएर ६ हजार ५३२ जना पुगेका छन् ।
भारत चौथो स्थानमा पुगेको छ । भारतमा ११ हजार १२८ जना संक्रमित थपिएर कुल संक्रमितको संख्या २ लाख ९८ हजार २८३ पुगेको छ । मृतक ३९३ थपिएर ८ हजार ५०१ पुगेका छन् ।
पाँचौ स्थानमा रहेको बेलायतमा २ लाख ९१ हजार ४०९ जना संक्रमित पुगेका छन् भने मृतक ४१ हजार २७९ पुगेका छन् ।
छैटौं स्थानको स्पेनमा नयाँ ४२७ जनामात्रै थपिएर संक्रमित २ लाख ८९ हजार ७८७ जना पुगेका छन् । मृतक एक जना पनि थपिएनन् र २७ हजार १३६ रहेका छन् । लगातार दोस्रो दिन त्यहाँ मृतक थपिएनन् ।
सातौं स्थानको इटालीमा ३७९ जनामात्र संक्रमित थपिएर २ लाख ३६ हजार १४२ पुगेका छन् । मृतक ३४ हजार १६७ पुगेका छन् ।