काठमाडौं । कोरोना भाइरसको महामारीले तीन महिना अवरुद्ध भएको स्पेनिश ला लिगा फुटबल बिहीबार रातिदेखि सुचालु भएको छ ।
पहिलो खेलमा सेभियाले रियाल बेटिसमाथि २–० गोलको सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सेभियालाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा लुकास ओक्याम्पोसले ५० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
६२ औं मिनेटमा फर्नान्डो रेज्सले सेभियाका लागि दोस्रो गोल गर्दै जिताए ।
जितसगै तेस्रो स्थानको सेभिभाले ५० अंक जोडेको छ । उसले दोस्रो स्थानको रियाल मड्रिडसंगको दूरी ६ अंकमा पुर्याएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ५८ अंक छ । बार्सिलोनाले लिगमा रियाल मड्रिडसंग २ अंकको अग्रता लिएको छ ।
लिगमा शुक्रबार राति ११ः१५ बजे ग्रानाडाले गेटाफेसंग घरेलु मैदानमा खेल्नेछ । त्यस्तै राति १ः४५ बजे भ्यालेन्सियाले घरेलु मैदानमा लेभान्तेसंग खेल्नेछ ।
इंगलिश प्रिमियर लिग भने १७ तारिखदेखि सुरु हुनेछ ।