प्युठान । देशभर लकडाउन र क्वारेन्टिनका अभ्यासहरुले कतै न कतै अफ्ठ्यारो बनाइरहेको बेला प्युठानका गाउँ घरका भने रमाइला कुराले क्वारेन्टिनमा बस्नेहरुको दिक्दारी समाप्ति हुन थालेको छ ।
क्वारेन्टिनमा बस्न आउनेहरुलाई सामाजिक सद्भाव र आदर व्यवहार गर्नु पर्ने बेलामा कोरोना संक्रमर्ण के हो ? कसरी हुन्छ ? त्यसबारे अपूर्ण ज्ञानभै अरुप्रति राख्दै आएका छुच्चा व्यवहारले देशभरका धेरै ठाउँहरुमा हजारौँ पीडित नभएका होइनन् तर प्युठान न पा वार्ड न ७ टिकुरी बस्ति एउटा शिक्षित र दुरदर्शी विचार राख्ने ठाउँ भएकोले यहाँको प्राथमिक बिदयालय टाकुरा चौर क्वारेन्टिनमा बस्दै आएका २८ जना व्यक्तिहरु भने तनाब बेगर (२ महिला) खुशीका साथ बाल्यकालमै रमाएको अनुभब गर्ने गर्दछन् ।
वार्डभित्रको समुदायले सामाजिक सहभागिता राख्नको लागि प्रयोगमा ल्याएको ‘टिकुरिका कुरा’ नामक फेसबुक ग्रुप र अहिलेको चल्तीको प्रबिधि जुम एप मार्फत छलफल गर्दै आफ्ना गाऊका सरोकारका बिषयमा समुदायले अभिलम्ब काम गर्ने गरेको जानकारी यसै समुदाय भित्रको जनज्योति सामुदायिक विकाश केन्द्र का अधक्ष संजय रिजालको रही आएको छ ।
यस पटकको कोविड –१९ विपतमा परेकाहरुको तनाब ब्यबस्थापन र मनोसामाजिक परामर्श दिदै स्फूर्ति जगाउने अभियान यसै जुम छलफल बाट आएको उपलब्धि बताउँछन् समन्वयकर्ता मेघराज पोख्रेल र प्रशिक्षक शान्ति पण्डित ।
यो सामाजिक परामर्श आफ्नो समुदायमा मात्र नभई माग भएको खण्डमा प्युठान जिल्लाभर परिचालित गर्ने तयारी गरिरहेको टिकुरी निवासी प्यूठानी युवा नेता देबेन्द्र ब्रह्मले बताएका छन् ।
सुरुका दिनहरुमा केही टोलबासीहरु भय र आशंकित थिए । धेरैजसो के होला भन्थे तर दैनिक समुदायले गर्ने भर्चुअल मिटिंगमा सबैले आफ्ना कुरा राख्ने अनि परामर्शदाताले सबैलाई उचित परामर्शको थालनी गरेपछि समुदाय अहोरात्र सामाजिक सद्भावमा क्रियाशील रहिआएको बुझाई छ स्कुल नजिकै खाधन्न किराना पसल गर्दै आएकी बालिका पण्डितको ।
वार्ड अधक्ष नेत्र केसी यसरी समुदाय आफ्नै अगाडि तिब्र जागरुक भएको देख्दा काम गर्न थप हौसला मिलेको र वार्ड कार्यालयको समय समुदायले बचाई दिदा वार्ड भित्रका अन्य समस्या पहिचान गर्न मद्दत मिलेको धारणा राख्छन् ।
घर टोलमा भौगोलिक उपस्थिति राख्न नसके पनि मन लागे संसारको जुन सुकै कुनाबाटपनि आफ्नो समुदायको स्तर उन्नति गर्ने सकिने राम्रो उदाहरण बनेको छ ‘टिकुरिका कुरा’ मार्फत जुटेको यो सामाजिक एकता र सहकार्य ।
यसलाई अझ बढी प्रेरणादायक र सबैलाई जिम्मेवारबोध गराई निरन्तरता दिने अभियानमा छन् आम संचारमा स्नातकोत्तर गरेका यादव कुमार पण्डित र अमेरिकामा स्थाई बसोबास गर्दै आइरहेका सामाजिक अभियन्ता बेगम पण्डित ।