arrow

महाराष्ट्रका एक मन्त्रीलाई नै कोरोना संक्रमण

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
corona-virus-India.jpg

मुम्बई । कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ संक्रमण देखिएको छ । 

भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । संक्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ । 

ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा संक्रमित हुने तेस्रो मन्त्री हुन् । 

यसअघि संक्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री हुनुभएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद रहेका थिए । उनहरुलाई अहिले निको भइसकेको छ ।

बिहीबार राति अबेर उनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको हो । उनलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ ।

मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ । 



लोकप्रिय समाचार
नयाँ