रामेछाप। सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको भन्दै सोको बिरोधमा रामेछापको मन्थलीमा राँके जुलुस निकालिएको छ।
शुक्रबार साँझ निकालिएको राँके जुलुसमा पिसीआर परिक्षणलाई प्राथमिकता दे, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार बन्द गर, केपी ओली राजिनामा दे लगायतका नारा लगाएका थिए ।
नेविसंघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलको नेतृत्वमा भएको राँके जुलुसमा पुर्व जिल्ला अध्यक्ष रामकृष्ण खड्का, तरुण दल रामेछापका उपाध्यक्ष बासु फुयाल, कोषाध्यक्ष जीवन कार्की, नेविसंघ रामेछापका सचिव सुन्दर घिमिरे, कोषाध्यक्ष युवराज सुवेदी, सहसचिब बिमल पौडेल, क्षेत्र नं १ का क्षेत्रिय सभापति धिरोज खत्री, मन्थली क्याम्पस सभापति सन्तोश सुवेदी, लगायत तरुण विद्यार्थीको सहभागिता रहेको थियो।
वीपीचोकबाट निस्किएको राँके जुलुस कटहरबोटमा पुगेर टुङ्गिएको थियो ।