arrow

युवा आन्दोलनमा विवेकशील नेपालीको ऐक्यवद्धता

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
bibekshil4.jpg

काठमाडौं। देशभर जारी युवा आन्दोलनमा विवेकशील नेपालीले ऐक्यवद्धता जनाएको छ। आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै जारी विज्ञप्तीमा विवेकशीलले सडकमा सरकार कडा रुपले प्रस्तुत भएको बताएका हुन्। विवेकशीलको विज्ञप्ती यसप्रकार छः 

यसप्रकार अहिले देशभरि नै स्वतस् स्फूर्त रूपमा युवाहरूले आफ्नै नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् र महामारीका बीच राज्यद्वारा बहन गर्नु पर्ने अत्यावश्यकीय सेवा र सुशासनका निमित्त दबाब दिइरहेका छन्। हालसम्मको कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचार विरुद्ध आम नागरिकको आक्रोश तथा प्रश्न सडक प्रदर्शनमा देखिएको छ । 

यो अभियान गैरदलीय अभियान हो, र यो अभियानमा हाम्रा सदस्यहरु, आम नागरिकको रुपमा मात्र सहभागी भएका छन् । यसै वक्तव्य मार्फत, हामी भौतिक दूरी सहित भइरहेको सम्पूर्ण शान्तिपूर्ण अभियानहरू अनि स्वतःस्फूर्त रूपमा आएका कोरोना रोकथाम अनि नियन्त्रणसँग सम्बन्धित मागहरूप्रति समर्थन जनाउन चाहन्छौँ। 

साथै, सम्पूर्ण अभियन्ता साथीहरूलाई यस्ता अभियानमा एक आपसबीच भौतिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाईजर प्रयोग गर्न, साबुन पानीले हात धुन अनि सम्पूर्ण सुरक्षाका सावधानी अपनाउन अनुरोध गर्दछौँ। अभियानमा उठेका मागहरू सम्बोधन गर्न छाडेर अभियानलाई दबाउने, बल प्रयोग गर्ने वा जरिवाना गराउने वा जेल हाल्ने धम्की दिने जस्ता रवैयाले समस्याको समाधान दिन सक्दैन भन्ने चेत सरकारमा बस्नेहरुलाई शीघ्र पलाओस् भन्न चाहन्छौं । 

हाल रहेको उच्चस्तरीय कोरोना रोकथाम समितिलाई अबिलम्ब भङ्ग गरी विज्ञहरू सहितको नयाँ टोली गठन गरियोस् र स्वास्थ सामाग्री खरिद तथा विदेशबाट नेपाली फर्काउने काममा भ्रष्टाचारको आरोप लागेका जिम्मेवार पदाधिकारीहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याइयोस् भन्ने माग गर्दछौं । 


१००५ पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन मृत्युशय्या बनेका छन्, भाइरस सङ्क्रमणका केन्द्रविन्दु बनेका छन्, त्यसैले तत्काल क्वारेन्टिनको गुणस्तर सुधार गर्नुपर्ने, मेडिकल क्षमता विस्तार गर्नुको साथै, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र प्रोत्साहनको सुनिश्चितता गर्नुपर्ने, कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्वको वस्तुगत र स्पष्ट पारदर्शिता प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जस्ता देशव्यापी युवा आन्दोलनले अघि सारेका मागहरू जवाफदेहिता, वार्ता र संवादको माध्यमबाट पूरा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ। 


नेपाल आमाको जय होस् ।


अजीता राई

उपाध्यक्ष

विवेकशील नेपाली दल

मितिस् २०७७र०२र३०



लोकप्रिय समाचार
नयाँ