arrow

गरिबीसँग जुधिरहेकी पुर्वालाई कोरोना भन्दा भोकले मर्ने डर

उधारो भैंसी साहुले फिर्ता लगे

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
bajura-purva-poor.jpg

बाजुरा। उत्तरपुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका एकमा  बस्ने ४२ बर्षिया पुर्वा नेपालीको घरमा यतिवेला चरम खाद्य संकट भएको छ । १३ सन्तान जन्माएकी पुर्वाका हाल ७  बच्चा जिवित रहेका छन् । गरिब र दलित परिवार रहेको पुर्वालाई दैनिक खाद्यन्न जोहो गर्न निकै समस्या भएको छ । लकडाउनको बेला कतै काम नपाएपछि बिहान बेलुका छाक टार्न धौ धौ भएको छ ।

उनका श्रीमान शारिरिक रुपमा अशक्त रहेका छन् । सानो ४ महिनाको दुधे वालक काखमा रहेको छ । एकातिर धेरै बच्चा पाँउदा शारिरिक रुपमा निकै कमजोर रहेकि पुर्वाको अर्को त बच्चालाई दुध चुसाउनका लागि दुध समेत नआउने गरेको छ । सुत्केरी हुँदा आफ्नो दूध पटक्कै नआउने र दूध किनेर खुवाउने पैसा गरिवीका कारण नहुँनाले ५ छोरा र १ छोरीको मृत्यु भएको उनि बताँउछिन् । मागेर परिवार पाल्ने गरेकी  छु, पोषिलो खानेकुरा त धेरै टाढाको रहेको उनले वताईन् ।

पुर्वाको साथमा ६ छोरी र ४ महिनाको १ छोरा छ । लकडाउँनमा काम गर्न नपाएर घरमा खाना पनि छैन । छोरा पनि बिरामी छ । उपचार गर्ने र दूध किन्ने पैसा छैन । श्रीमान शारीरिक अशक्त छन, पुर्वाले दुखेसो पोखिन् । नगरपालिका ले दिएको ६० किलो चामल सकिएको १ हप्ता भयो । अहिले छाक टार्न निकै समस्या भएको छ । उसैत दलित समुदायका मानिसको जग्गा जमिन कम छ श्रीमान पनि अशक्त भएपछि जहान परिवार पाल्न मुस्कील भयो उनले भनिन्  ।  सम्पत्तिका नाममा खरले छाएको एक छाप्रो मात्र  छ, शौचालय बनाउने ठाँउ समेत छैन ।

पिसवीन नामक गैरसरकारी संस्थाले रु ५ हजार दिएको थियो । अलिकती तिरें र अलिकति उधारो  राखेर भैंसी किने । नावालक छोराको लागि किनेर ल्याएको भैंसीको मुल्य तिर्न नसक्दा  साहुले पैसा पुरै नदिएको भन्दै भैंसी  फिर्ता लगि दियो पुर्वाले आंसुपुछ्दै भनिन् पैसा भएपछि बच्चाका लागि दुध चाहिने थियो ।  खान नपाएर बच्चा पनि कुपोषित रहेको पुर्वाले वताईन् ।

पुर्वालाई  कोरोना भाईरसको पटक्कै डर छैन । डर छ त बरु  खाना नपाएर मर्नको । आँखा भरी आँसु गर्दै  उनले भनिन् । यति पीडा सहेर वाँच्नु भन्दा मर्नु आन्नद छ, उनले वताईन्  । कोरोनाका कारण बाजुरामा कम्तीमा २० हजार मानिस भित्रीएका छन् । हिउँदभरिको पानी र चैत्र बैशाखको असिना पानीले हिउँदेवालीमा २० प्रतिसतले ह्रास आएको छ । जसका कारण बाजुरामा खाद्यन्न संकट हुने देखिएको छ ।



लोकप्रिय समाचार
नयाँ