रोनाल्डोले पेनाल्टी ‘मिस’ गरे पनि युभेन्टस फाईनलमा
प्रकाशित २०७७ जेठ ३१ शनिबार
190
Shares
एजेन्सी। क्रिष्टियानो रोनाल्डोले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा युभेन्टस कोपा ईटालियाको सेमीफाईनलमा एसी मिलानसँग बराबरीमा रोकिएको छ।
पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको युभेन्टस घरेलु मैदानमा गोल रहित बराबरी खेले पनि अवे गोलका कारण प्रतियोगिताको फाईनल प्रवेश गरेको छ।
खेलको १६ मिनेटमा पाएको पेनाल्टीलाई क्रिष्टियानोले गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा टुंगिएको थियो। कोरोनाका कारण दर्शक बिहिन मैदानमा खेलिएको खेलमा मिलान १६औं मिनेटमा १० खेलाडीमा सिमीत भएको थियो।
१० खेलाडीमा सिमीत भएको मिलानले युभेन्टसलाई गोल गर्ने मौकाहरु भने दिएन। युभेन्टसका केहि राम्रा प्रयासहरुलाई मिलानले बिफल बनाएको थियो।
१३ पटकको बिजेता युभेन्टसले फाईनलमा ईन्टर मिलान वा नपोलीको सामना गर्नेछ।