arrow

दैलेखमा कोरोना संक्रमितहरुलाई योग गराईंदै

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
yoga-dullu-corona.jpg

दैलेख । दुल्लू नगरपालिकाका कोरोना संक्रमित व्यक्तिलाइ योग सुरू गरिएको छ । द्रोणाचल क्याम्पसमा राखिएका उनिहरूलाई दुल्लू नगरपालिका र दुल्लू आयुर्वेद औषधालयद्वारा मनोसामाजिक परामर्श सहितको योगा सुरू गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपालको अगुवाइमा औषधालयका प्रमुख जनक थापाले योग गराएका छन् । योगमा ३० जना कोरोना संक्रमित रहेका छन् ।संक्रमितलाई नगरपालिकाले गुर्जो, बेसार, अदुवा लगायतका जडिबुटि दैनिक रूपमा सेवन गराईरहेको छ ।

उनीहरूलाई आयुर्वेदिक औषधीले केही हदसम्म उपचार हुन सक्ने भन्दै जडिबुटी सेवन गराइएको जनाइएको छ ।बिरामीलाई स्वस्थ्य राख्न र मानसिक तनावबाट कमी गराउन  दैनिक रूपमा योगा गराई कोरोना भाईरस नियन्त्रणमा सहज हुने  प्रमुख प्रसाशकिय अधिकृत नेपालले बताए ।

मानिसलाई स्वस्थ्य राख्न तथा जडिबुटी र योगाले रोगसंग लड्ने क्षमतामा बृदि गर्ने भएकाले आयुर्वेदिक औषधि र योगको प्रयोग गर्न थालिएको नगर प्रमुख घनश्याम भण्डारीले बताए ।अहिले दुल्लू नगरपालिकाले स्थापना गरेका आइसोलेसन वार्डहरूमध्ये छिउडीपुसाकोटमा १० जना र द्रोणाचल क्याम्पसमा  ३० जना कोरोना संक्रमितलाई राखिएको छ ।

दैलेखको दुल्लुमा जेष्ठ १७ गते कोरोनाको कारण मृत्यु भएका कर्ण वहादुर थापाको परिवारलाई दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले पच्चिस हजारको चेक उपलब्ध गराए र मृतककि छोरीलाई प्राविधिक शिक्षा अध्ययन निशुल्क गराउने समेत वताएका छन् । मृतक कोरोनाबाट कर्णाली प्रदेशमा मृत्यु भएका पहिलो ब्यक्ति थिए ।

हाल सम्म दैलेखमा मात्र ४३४ जना कोरोनाका सक्रमित पुष्ठि भईसकेका छन भने ६ जना उपचार पछि घर फर्केका छन् ।



लोकप्रिय समाचार
नयाँ