विधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय
रासस,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
100
Shares
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्ने निर्णय गरेको जानकारी दिए। काँग्रेस संसदीय दलको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्न काँग्रेसका सबै सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत गरेको छ।