भेरीमा गरिएको परिक्षणमा थप ४२ मा कोरोना संक्रमण, राप्तीसोनारीमा थपिए १५ जना
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
111
Shares
नेपालगन्ज। भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ।
बाँके, बर्दिया र रोल्पामा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेका १९, रोल्पाका १७ र बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका ३ र नेपालगन्ज उपमहानगरपालिकाका १ जना संक्रमण देखिएको हो ।
रोल्पाको सुनिलस्मृति गाउँपालिकाका १२ र रोल्पा नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको
हो । त्यस्तै बर्दियाको बारबर्दिया नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ ।