नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पारित, विपक्षमा परेन मत
संविधान जारी गर्ने बेलामा भन्दा बढी संसोधनमा जुट्यो समर्थन
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
108
Shares
काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ।
दशकौंदेखि भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभा बैठकबाट पारित भएको हो।
औपचारीकताका लागि मत विभाजन गरिए पनि सबै दलको समर्थन भएका कारण विपक्षमा एक मत पनि परेन। पक्षमा २५८ मत परेको छ।
फरक संसोधन प्रस्ताव राख्ने सरिता गिरि संसद छोडेर हिडेपछि फरक मत राख्ने कोहि पनि नदेखिएको हो।
संसदमा रहेका सबै राजनीतिक दलका सांसदहरुले यसको खुलेर समर्थन गरेका हुन्। संविधान जारी गर्ने समयमा भन्दा बढी समर्थन संविधान संसोधनमा देखिएको छ।
संविधान जारी गर्ने बेलामा तत्कालिन मधेश केन्द्रीत दलहरुले असहमति जनाएका थिए। अहिले संसोधनमा भने तिनै दलहरुले पनि खुलेर समर्थन गरेका छन्। अझ उनीहरुले संविधान संसोधनमा उल्लेख भए अनुसारको भूमि फिर्ता ल्याउन पनि सरकारले पहल थाल्न सुझाव दिएका छन्।