ओली र देउवा सँगै गए मत दिन प्रचण्ड र झलनाथ लागे पछि
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
137
Shares
काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा सत्तारुढ दल र विपक्षी दलबीच गजब तालमेल देखिएको छ।
संविधान जारी हुँदा भन्दा बढी ऐतिहासिक एकता प्रस्तु गरेको संसदले संविधान संसोधनको पक्षमा मत दिने वेलामा पनि गजवको एकता देखायो।
प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता कांग्रेस सभापति शेर बहादुर देउवा सँगै मत दिन गए। देउवालाई सँगै जान ओलीले आग्रह मात्र हैन अघी बाटो समेत देखाएका थिए।
ओली र देउवा सँगै हिडेपछि संसदले उनीहरुका लागि ताली बजाएर सम्मान गरेको थियो। उनीहरु अघी बढ्दै जाँदा प्रचण्ड र झलनाथ खनाल पछि लागेका थिए। अन्य सांसदहरु पनि त्यसपछि पालैगरि लाइनमा मत दिन अघी बढेका थिए
दशकौंदेखि भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभा बैठकबाट पारित भएको हो।