arrow

कपिलवस्तुमा दुई शव फेला

logo
रासस,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
dead2.jpg

चन्द्रौटा। कपिलवस्तुमा छुट्टाछुटै स्थानमा आज दुई शव फेला परेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएको जनाइएको छ।

त्यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ। एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेका स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमान् १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगकी शिकार भएकी थिइन्।



लोकप्रिय समाचार
नयाँ