काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमित २४ घण्टामा सबैभन्दा बढी रहेका छन् । केही दिनदेखि ब्रजिलले उछिनेकामा लगातार दोस्रो दिन अमेरिका शीर्षमा पुगेको छ ।
शनिबार २५ हजार २३७ नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार २७ हजार २२१ संक्रमित थपिएका थिए । बिहीबार भने २३ हजार ३०० थिए ।
जबकि ब्रजिलमा ३० हजार ४६५ जना बढेका थिए । तर शुक्रबा र शनिबार भने ब्रजिलमा संक्रमित घटेका थिए ।
विश्वमा ७८ लाख ५५ हजार ४०० संक्रमित पुग्दा नयाँ संक्रमित १ लाख २८ हजार ३०७ थपिएका छन् ।
मृतक ४ हजार ३९ थपिएर ४ लाख ३१ हजार ७२८ पुगेका छन् ।
अमेरिकामा मात्रै २१ लाख ४२ हजार १५९ संक्रमित हुँदा मृतक ७०१ थपिएर १ लाख १७ हजा ५२६ पुगेका छन् ।
ब्रजिलमा नयाँ संक्रमित २० हजार ८९४ थपिएर ८ लाख ५० हजार ७९६ पुगेका छन् । मृतक ८९० थपिएर ४२ हजार ७९१ पुगेका छन् ।
तेस्रो स्थानको रुसमा नयाँ ८ हजार ७०६ जना थपिएर संक्रमित ३ लाख २१ हजार ६२६ पुगेका छन् ।
चौथो भारतमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख २१हजार ६०६ पुगेको छ ।
२४ घण्टाको अवधिमा भारतमा १२ हजार ३१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । ३०९ जना मृतक थपिएर ९ हजार १९९ पुगेका छन् ।
पाँचौं बेलायतमा नयाँ १ हजार ४२५ थपिएर संक्रमित २ लाख ९४ हजार ३७५ पुगेका छन् । मृतक १८१ थपिएर ४१ हजार ६६२ पुगेका छन् ।