पर्यटन मन्त्री योगेश भट्टराईमाथि नैतिक प्रश्न, राजेन्द्र बजगाई भन्छन् – तपाईलाई खुल्ला चुनौती
प्रकाशित २०७७ जेठ ३२ आइतबार
102
Shares
काठमाडौं । पर्यटन व्यवसायी तथा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले देशमा फैलिएको कोरोना भाइरसका बेलामा सरकार भने बेथिति मच्याउन तल्लीन रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बजगाईले पर्यटन क्षेत्रमै झन् बेथिति मच्चिएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रश्न तेस्र्याएका छन् ।
उनले भनेका छन्, ‘तपाईलाई खुल्ला चुनौती, के तपाईको मन्त्रालयले चार्टर फ्लाइटलाई ‘नियमित चार्टर उड्ययन’ क़ायम गर्न खोज्दै छ ? विदेशी हवाई उड्ययन कम्पनीहरूलाई यो भन्दा ठूलो अवसर के हुन्छ र नेपाली वायुसेवा यहाँ कतै मुनाफा कमाउन सक्क्षम छ ? हवाई भाड़ा नै पर्यटनको घाँटी (बोटल नेक) हो ।’
उनले अगाडि भनेका छन्, ‘यस्तो अवस्थामा नियमित पर्यटन कसरि पुनर्स्थापन हुन्छरु यहीं वडे वडे हवाई टिकट र जीएसएका मित्रै जो हाल चार्टरमा व्यस्त छन्, उनीहरूनै पनि जब आधारनै भत्किन्छन् कसरी जहाज ल्याउँछन् ।’
तीतो यथार्थप्रति इंकित गर्दैै बजगाईले भने, ‘बहिर्गमनमा मान्छे अड्किएका छन्, मासिक १८ करोड घाटा ब्यहोर्ने नेपाल एअरलाईन्सलाई प्रयोग गर अन्यथा यो के गरेको, के नियमित हजारौं ट्राभल्स र त्यहाँ आश्रित रोटी सम्बन्धित श्रम को गला रेट्ने ?’
भ्रष्ट र माफियाको चंगुलमा पर्यटन मन्त्री फसेकोप्रति संकेत गर्दैै नेता बजगाईले भनेका छन्, ‘एकाध तलुवा चाट्ने माफियाको भरमा होल उद्योग र नेपालको साख ख़त्तम गर्ने रु ट्रेकिंग उद्धारमा माफिया, गोजिमा दाम छैनन् मान्छे प्रवासमा भोकै छन्, परिवारले ऋण काडेर सदस्यको उद्धार टिकट व्यवस्थापन गर्नु परेको छ यस्तो विपत्तिमा यत्रो अपराध ?’
पर्यटन व्यवसायी बजगाईले भने, ‘हरेक नेपाली दाज़ुभाइ जो नेपाल आउँदै हुन्छ जो विदेशमै अड्किन बाध्य हुनुहुन्छ नेपालस्थित परिवारलाई यो ब्यथितिको एकएक हिसाब माग्न संभावित विद्रोहमा सख्त आह्वान गर्दछु।’