काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा संघीय संसदले नेपालको नयाँ नक्सा पास गरेको खुशियाली संगसंगै सरकारले कोरोना नियन्त्रणमा गरेका लापरवाहीहरु बिरुद्ध प्रदर्शन भएको छ।
स्वतस्फुर्त रुपमा जममा भएका युवाहरुले खुशियालीमा दिप प्रज्जवलन गरेका थिए भने प्लाकार्डमा सरकारको खबरदारी गरेका थिए। सयौंको संख्यामा रहेका युवाहरुले प्रदर्शन गरेका थिए।
कोरोना संक्रमण बढ्दै जाने र सरकारले अनियमितता गरिरहेको समाचारहरु बाहिरिए पछि देशभरका युवाहरु आक्रोशित भएका छन्। करिब १० दिनदेखि देशका बिभिन्न भागहरुमा युवाहरुले प्रदर्शन गरिरहेका छन्।
सरकारले खर्च गरेको भनिएको १० अरबको हिसाब माग्नेदेखि क्वारेन्टिनलाई व्यवस्थित बनाउन सरकारलाई झकझकाइरहेका छन्। क्वारेन्टिनमा संक्रमण फैलिन थाले पछि क्वारेन्टिनहरुको व्यवस्थापनमा ब्यापक लापरवाही भएको सार्वजनिक भएको थियो।
त्यसैगरि विश्वमै प्रयोग गर्न छिएको आरडिटी किट किन्ने सरकारको तयारी लगायतका समाचारहरु बाहिर आएपछि सबै टेष्ट पिसिआर नै हुनुपर्ने माग युवाहरुले राखेका छन्।
क्वारेन्टिनबाट बाहिरिने क्रममा परिक्षण गर्न नसकेपछि कसम खुवाएर घर पठाएको समाचारले आक्रोश बढाएको थियो। जनताको करबाट खर्च पनि गर्ने र त्यहि जनताले सेवा-सुविधा पनि नपाउने स्थिती बिरुद्ध युवाहरु सडकमा ओर्लेर सरकारलाई खबरदारी गरिरहेका छन्।