arrow

यस्तो बन्यो नेपालको पहिलो ओरिजिनल एकापेला कम्पोजिशन

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
pinjada-chara-acapella-lockdown-song.jpg

काठमाडौं। नेपालमा पहिलो पटक ओरिजिनल एकापेला कम्पोजिशनमा गीत तयार भएको छ। नेपाली सङ्गीतका दुई सुरिला भविष्य अंकितबाबु अधिकारी र प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट सप्तक दुतराजले गाएको गीत ‘पिँजडाको चरा’मा एकापेला कम्पोजिशन राखिएको हो। यो गीत आर्टमाण्डूले तयार गरेको हो। ‘पिँजडाको चरा’ लकडाउनमा बसेका विश्वका सारा मानिसलाई प्रतिनिधिपात्र बनाएर तयार गरिएको बताइएको छ। 

“शिरीष फूल भ्रमर चुम्बनमै ओइली झर्छ”, पारिजातको कृतिमाथि साहित्यकार शंकर लामिछानेको यो हाइकुले सम्पूर्ण शिरिषको फूल कृतिलाई नै बाँधेर राखेको छ। यसरी एउटा वाक्यांशमा कथा भनेकी पारिजात झै यस समयका ‘कथाकार’ले चरा, स्वतन्त्रता अनि पिँजडालाई जोडेर गीत कथे, पिँजडाको चरा। अनि यसलाई स्वर दिएका छन् नेपाली सङ्गीतका दुई सुरिला भविष्य अंकितबाबु अधिकारी र प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट सप्तक दुतराजले, उत्पादन गर्यो ‘आर्टमाण्डू’ले अनि तयार भयो यो गीत, पिँजडाको चरा।

यो गीत पहिलो पटक मैले कथाकार दाइबाट प्राप्त गर्दा यो प्रश्नवाचक अभिव्यक्तिमा लेखिएको शब्द च्यालेञ्जिङ छ भन्ने कुरामा म तयार थिएँ। दाइलाई गिटारको ट्यूनमा लय भरेर पठाएँ वहाँले मन पराउनुभो। तर जब हाम्रा साउण्ड डिजाइनर सार्दूल श्रेष्ठसँग कामगर्न बसे उसले, “दाई यो गीतलाई एकापेला कुनै पनि वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धूनहरु निकाली तयार पारीने सङ्गीतको कठिन विधा) मा गरौं” भन्ने सल्लाह दियो, यो अर्को चुनौति थपियो । तर जब हामी तीन जना म, सार्दूल तथा आर्टमाण्डूका संस्थापक तथा चलचित्र निर्देशक नविन चौहानसँग यस सम्बन्धमा छलफलका लागि बस्यौं “गरौं, सकिन्छ” भन्ने निश्कर्ष पछि ३ हप्ताको नतिजा हो यो “पिँजडाको चरा।”

“मज्जा आयो मलाई त, अंकितले पूर्वीय सङ्गीत र मैले पश्चिमी शैलीमा कवितालाई गाउनुपर्ने जानकारी आएसँगै म एक्साइडेट थिएँ । मेरो पहिलो आफ्नै गीत, त्यो पनि नेपालकै पहिलो ओरिज्नल एकापेला कम्पोजिसनमा। गाउने भनेपछि शरीरमा खै एउटा बेग्लै खालको उर्जाको सञ्चार हुन थाल्छ । रेकर्डिङ रमाइलो रह्यो । शब्द सुनेरै वाव फिल गरें। हामीसबैले यस गीतलाई एउटा कथा बनाउन मिहिनेत गरेका छौं” प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट गायक सप्तक दुतराजले बताए।


यस्तो छ गीतको बोल शब्दमा– 
पिँजडाको चरा
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ? 
अज्ञात अचेत सब लम्पसार परेर
घमण्ड तेरो कता छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
कता गए तेरा प्रतिद्धन्द्धी सबै
कोसँग जोतिदों होस् अहिले ? 
कसको भाषा बोल्छस दिलदार बनेर
उदण्डता तेरो कता छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
कसरी बाँच्दो होस् आफ्नै पिँजडामा
बाटो फराकिलो पार्न गुँड उजाडिस् तैंले
जलचर, जीवको बाटोवार गरेर
यत्रो कंक्रिट जङ्गलको भन के काम छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ? 
यो धर्तीको सुवास बदल्ने यात्रालाई विकासको नाम दिंदै गयौं
यही धर्तीको बित्ता(बित्ताको ऋणी तर आधूनिक बन्ने होडमा
हामीले धर्तीलाई धेरै सुनायौं, धेरै चलायौं
अब धर्तीको सुनौं, चुप लागेर धर्तीको सुनौ

यस्तो त तयार भएको गीतको भिडियो–



लोकप्रिय समाचार
नयाँ