arrow

प्रतापपुरका अध्यक्ष चढेको स्कार्पियो पुलबाट खस्यो, उपचारका क्रममा मृत्यु

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ ३२ आइतबार
pratappur1.jpg

नवलपरासी पश्चिम ।  नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको छ ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कार्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताए  ।

शर्मासंगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । 

अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादै थिए। शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।
 



लोकप्रिय समाचार
नयाँ