arrow

रतुवामाई नगरपालिकामा एकै पटक २५ जनामा कोरोना देखियो

logo
किरण न्यौपाने,
प्रकाशित २०७७ जेठ ३२ आइतबार
corona-test-kit.jpg

रंगेली । मोरङको रतुवामाई नगरपालिका स्थित क्वारेन्टाइनमा बस्दै आएका २५ जनामा कोरोना देखिएको छ । 

नगरपालीकाले ५१ जनाको पिसिआर संकलन गरी प्रदेशीक प्रयोगशालामा परिक्षणका लागी पठाउदा सोमबार २५ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए । यो सँगै रतुवामाईमा संक्रमितको संख्या ४७ जना पुगेको छ ।

संक्रमितहरु भारतको विभिन्न शहरबाट रतुवामाई नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको उपचारका लागी विराटनगर स्थित प्रादेशीक कोभिड कोशी अञ्चल अस्पताल लैजाने तयारी भइरहेको मेयर राईले जानकारी दिए ।

  यस अघि रतुवामाई नगरपालिकामा २२ जना संक्रमित फेला परी सकेका थिए जस मध्ये एक जना उपचार पछी घर फर्किसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ