arrow

नेविसंघले शिक्षामन्त्रीलाई बुझायो १६ बुँदे ज्ञापन पत्र

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
nsu10.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षामन्त्रीलाई १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । नेविसंघका केन्द्रिय समितिले शैक्षिक सुधारका लागि शिक्षामन्त्री गिरीराज मणि पोखरेललाई १६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

 नेविसंघ अध्यक्ष राजीव ढुंगना, महामन्त्रीहरु दिपक भट्टराई, बलदेव तिमल्सिना, युवराज पाण्डे, उर्मीला थिपलियालगायतको टोलीले  शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्रीले केहि मागहरु कार्यान्वयनको प्रक्रियामा रहेको र अन्य मागहरु क्रमश सम्बोधन गर्दै जाने बताएका छन् । 

'१६६ नम्बरको बुँदा खारेज हुनुपर्छ सरकार सामुदायिक शिक्षा निजीलाई जिम्मा दिनु नालायकि पन हो ।' नेविसंघ महामन्त्री दिपक भट्टराईले भने,' लकडाउको बेला विद्यालय बन्द रहेका  समयसम्मको शुल्क लिन पाइदैन सरकार मतियार नबनोस् ।'  



लोकप्रिय समाचार
नयाँ