arrow

नारायणी नदी किनारमा १ लाख बढीको अबैध मदिरा बरामद

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ ३२ आइतबार
madira5.jpg

नवलपरासी पश्चिम । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका ५ बाट १ लाख बढीको अबैध मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सुस्ता ५ सकरदिनहीस्थित नारायणी नदी किनारबाट १ लाख २४ हजार ८ सय मुल्य बराबरको अबैध मदिरा १ सय ३० वटा कार्टुनमा लुकाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त फायर नामक मदिरा नियन्त्रणमा लिएको हो । डुंगामा मदिरा लोड गरि भारत तर्फ लैजान लागेको खबर पाएपछि प्रहरी नदी किनारमा पुग्दा बेबारिसे अवस्थामा फेला परेको बताएको छ ।

उक्त बरामद मदिरा आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालय पठाएको नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले बताएका छन् ।
 



लोकप्रिय समाचार
नयाँ