arrow

क्वारेन्टाइनमा रहेकी महिलामाथि करणी, ब्यवस्थापनका तीन पक्राउ

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
Rape.jpg.jpeg

लम्की । क्वारेन्टाइन ब्यवस्थापनमा खटीएका स्वास्थ्यकर्मी र स्वंयम सेवकबाट कैलालीको लम्कीमा एक बलात्कृत भएकी छन । लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिलालाई क्वारेन्टाइनका स्वास्थ्यकर्मी र स्वंयम सेवकले बलात्कार गरेको पिडित महिलाले आरोप लगाएकी छन ।

महिला भारतबाट गौरीफान्टा नाका हुदै जेठ २० गते देखि  क्वारेन्टाइनमा बस्दै आएकी छन् । ब्यवस्थापनको लागि खटीएका स्वास्थ्यकर्मी किशोर परियार, क्वारेन्टाइन स्वंयम सेवकमा खटीएका लम्कीका लक्षमण परियार र सर्जन विकले  रातिको करीब सवाँ  १२ बजे बलात्कार गरेको पिडित महिलाले बताएकी छन् ।

रातिको समयमा उनीमाथि बलात्कार भएको पिडितको भनाई छ । घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहिको माग गदै लम्कीमा राजमार्ग अबरुद्ध पारेर प्रर्दशन समेत भएको छ । 

साथै घटना संलग्नलाई कारबाहिको माग गदै आक्रोशित स्थानीयले लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी समेत गरेका जनाइएको छ । आरोपित तीनै जनालाई  ईलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ