बंगलादेश । बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बंगलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले संक्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताए ।
उनका अनुसार विगत २४ घण्टामा तीन हजार १४१ जना संक्रमित भएका छन् ।
सुल्तनाले पत्रकार सम्मेलनमा भने, “अहिलेसम्म बंगलादेशमा मृत्यु हुनेको संख्या ८७ हजार ५२० पुगेको छ भने एक हजार १७१ रहेको छ । विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ संक्रमितको मृत्यु भएको छ ।”
बंगलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५०५ जनाको कोभिड–१९ परीक्षण भएको थियो । यो समयमा ९०३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १८ हजार ७३० पुगेको छ ।