काठमाडौं । कोरोना भाइरसको महामारीपछि पुनः सुचालु भएको स्पेनिश ला लिगा फुटबलमा २८ औं चरणका खेलहरु सकिएका छन् ।
उपाधिका दावेदार बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् । शनिबार राति बार्सिलोनाले मयोर्कालाई ४–० गोल अन्तरले हराएको थियो ।
आइतबार राति रियाल मड्रिडले आइबारलाई ३–१ गोलले हरायो । अल्फ्रेडो डी स्टेफानो मैदानमा रियाललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।
जितसँगै रियालले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरीसमेत घटाएको छ । बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियालले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ ।