काठमाडौं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा मौलिक सिर्जनाहरुको माग दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ ।
गायिका लक्ष्मी परियार र गायक सुमन परियारको आवाजमा रहेको ”रेलिमै” गीतको भिडियो पानस फिल्मस् मार्फत सार्वजनिक भएको छ ।
मायालु जोडिको प्रेमको भावलाई गीतमा समावेश गरिएको छ । मौलिक लोक लय सिर्जना गरिएको गीतमा प्रेमीकाको मायामा आफु निकै घायल बनेको गायक सुमनले बताए ।
गीतमा काल्पनिक माया भन्दा पनी फरक रुपमा जिवनको बास्तविकतालाई चित्रण गरिएको छ ।
मौलिक पहिचान र जिवनको वास्तविकता भएको कारणले पनी आम दर्शक तथा श्रोतको मन मुटुमा बस्नेमा आशावादी रहेको गीतका गायक सुमन परियारले बताए ।
त्यसको प्रतिउत्तरमा गायिका ले मायालुको बोली र स्वभावमा जिवन नै सुम्पिएको कुरा गीतमा गरेकी छन् ।
सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा रहेको छ । गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ ।
सागर गौतमको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘रेलिमै’ गीतको भिडियोमा अन्जली अधिकारी र धुव्र हिमालीको निकै लोभलाग्दो अभिनय तथा नृत्य रहेको छ ।