काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नै निवासमा मृत फेला परेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले सुशान्तले आत्महत्या गरेको जनाएका छन् ।
भारतको बलिउड नगरीको रुपमा परिचित मुम्बईको कार्टर रोडस्थित आफ्नै आवासमा सुशान्तको शरीर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
सन् २०१४ मा कै पो चे चलचित्रबाट अभिनय सुरु गर्नुभएका सुशान्तले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महिन्दर सिंह धोनीको जिवनगाथा समेटिएको ‘अनटोल्ड स्टोरी अफ महिन्दरसिंह धोनी’ चलचित्रमा अभिनय गरेका थिए ।
सन् २०१६ मा आएको उक्त चलचित्रमा सुशान्तको अभिनयको चौतर्फी प्रशंसा गरियो । र उक्त फिल्म सन् २०१६ को सबैभन्दा उत्कृष्ट मध्येको एक पर्छ ।
उनले चर्चित फिल्म पीके, केदारनाथ र शुद्ध देसी रोमान्स जस्ता फिल्ममा अभिनय गरेका थिए ।
गत सातामात्रै सुशान्तकी व्यवस्थापक दिशा सलिनले आत्महत्या गरेकी थिइन् ।
आत्महत्याको कारणबारे खुलिसकेको छैन । यद्दपि उनी पछिल्लो छ महिना यता ‘डिप्रेशन’मा रहेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।
अचम्म त के भने उनले फिल्ममा आत्महत्या गर्न नहुने बताएका थिए । दुःखको कुरा उनैले रियल लाइफमा आत्महत्या गरे । मात्र ३४ वर्ष बाँचे ।