तौलिहवा । कपिलवस्तुमा कोभिड १९ थप १२ जना पोजेटिभ पुष्टि भएको छ । जो बाणगंगा नगरपालिका वाड न २ का २० वर्षिय १ जना पुरुष, वाड न ३ का बर्ष २२,२४ का २ पुरुष, वाड न ४ का बर्ष ४०,४ १ का २ जना पुरुष, वाड न १० का बर्ष १९,२५,३५ का ३ पुरुष र वाड न ११ का बर्ष २१ का १ जना पुरुष (कुल ९) जना रहेका छन् ।
त्यस्तै विजयनगर गाउँपालिका वाड न १ का २१, २९ बर्ष २ जना पुरुष र वाड न ३ का बर्ष २६ का पुरुष १ जना ( कुल ३) रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कपिलबस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको छ ।