दैलेख । कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या दैनिक बढेको छ । प्रदेश अस्ताल सुर्खेतले दैलेखका ८८ जना र सुर्खेत जिल्लाको १९ जना गरेर १०७ जनाको कोरोना पुष्टी भएको जनाएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाले दैलेखका ३ जनाको कोरोना पुष्टी गरेको छ ।
यसरी आज मात्र कर्णाली प्रदेशमा जम्मा ११० जनाको कोरोना पोजिटिव पुष्टी भएको छ । कर्णाली प्रदेशमा जम्मा १०७७ जना पुगेका छन् । दैलेखमा मात्र कोरोना संक्रमित को संख्या ६२९ र सुर्खेतमा २३१ जना पुगेको छन ।
आज देखिएको दैलेखको नौमुले गाउँपालिकाका २ वर्ष देखि ५४ वर्ष उमेरका ८७ जना रहेका छन् । दुल्लु नगरपालिकाको १ जना र नारायण नगरपालिकाका ३ जना रहेको छन् । सुर्खेत जिल्लाको वराहताल गाउँपालिका, लेकवेशी नगरपालिका, चौकुने गाउँपालिका, पन्चपुरी नगरपालिकाका जम्मा १९ जना कोरोना संक्रमित थपिएका छन् ।
दैनिकजसो कर्णालीमा कोरोना संक्रमित थपिदै गएपछि जिल्लामा त्रास वढेको छ । अझै १२ सय भन्दा बढिको रीपोट आउन बाँकि रहेको छ ।