एजेन्सी । बलिउड अभिनेत्री बनेकी सन्नी लियोनले एक अन्तर्वार्तामा निजी जिवनसँग जोडिएको नयाँ कुराको खुलासा गरेकी थिइन् । एक यूट्यूब च्यानललाई दिएको अन्तर्वार्तामा सन्नी लियोनीले प्रेमिसँग आपत्तिजनक स्थितिमा बुवाले समातेपछी डन्डा लगाएको बताएकी थिइन् ।
अन्तर्वार्तामा सन्नी लियोनले भनेकी थिइन् , -'टीनएजमा उनका परिवार मिशिगनबाट क्यलिफोर्नीया शिफ्ट भएको थियो । मिशिगनमा हामी एक बर्ष रह्यौ । त्यहा म एक युवकसँग डेट गरिरहेको थिए । उ र म बीच सबै ठिक चलिरहेको थियो । 'रोमियो र जूलियट' जस्तै हाम्रो सम्बन्ध थियो ।'
उनले भनिन् -'उ बास्केटबल खेल्थियो । उ हट र सुन्दर पनि थियो तर मेरा परिवारले उसलाई मन पराउदैनथे । मेरा बुवाले हामि दुईलाई एक पटक आपत्तिजनक स्थितिमा समाते । त्यो निकै नराम्रो घटना थियो । हामि दुवै ठुलो हलको कर्नरमा थियौ र म उसको काखमा बसेको थियो । तब मेरा बुवाले मलाई पिट्नुभयो । बुवालाई देखेर म निकै डराएको थिए। त्यो मेरो जिवनकै सबै भन्दा खराब डेटिङ थियो ।'