नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा भारत हुँदै महेशपुर नाकाबाट भन्सार छलि गर्दै नेपाल ल्याउँदै गरेको २ लाखमाथिको कपडा तथा हाडवयर सामान बरामद गरिएको छ। सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ५० हजार ८ सय मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल सरावल गाउँपालिका ७ बुलन्दपुरबाट बरामद गरेको बताएको छ।
यस्तै पाल्हिनन्दन गाउँपालिका २ गोपालपुरबाट पनि १ लाख ३३ हजार २ सय ८४ मुल्य बराबरको हाडवयरको सामान बरामद गरेको छ। उक्त बरामद सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइएको नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।