धनुषा । प्रदेश नम्बर दुई सरकारले अगामि आर्थिक वर्ष २०७७/७८ को अनुमानित राजश्व तथा व्यय ३३ अर्व ५६ करोड ९ लाख ८९ हजार प्रस्तुत गरेको छ ।
सोमबार प्रस्तुत गरेको चालु तर्फ १५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात कुल बजेटको ४५.९५ प्रतिशत र पुजीगत तर्फ १७ अर्व ९७ करोड ८२ लाख ९१ ह्जार अर्थात कुल बजेटको ५३.६७ प्रतिशत बजेट बिनियोजन गरिएको छ। साथै वितिय व्यवस्था तर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत बिनियोजन गरिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सभामुखको अनुमतीमा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजेट घोषणा गरेका हुन् । बजेटमा स्वास्थ्य सेवा वाहेक कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता राखेको बताए।नागरिकको स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रको पुर्वाधार र जनशक्ति विकास प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेका छन् ।
साथै तपसिल बमोजिमका शिर्षकहरुलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरिएको छ ।
एक निर्वाचन क्षेत्र एक उद्योग ,प्रदेश निजामती गठन
प्रदेश प्रहरी गठन तथा भौतीक पुर्वाधार विकास ।
दलित विकास समिति गठन गरि ५० लाख बिनियोजन ।
जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड क्यान्सर, ट्रमा सेन्टर र सरुवा रोग अस्पतालका लागि क्रमश २, २ र १ करोड ।
गत वर्षको उपभोक्ता समितिको वाँकी भुक्तानीका लागि ८६ करोड आठ जिल्लामा ६४ सडकका लागि ६७ करोड ।
मधेशी शहिद राजमार्गको डिपिआरका लागि ३ करोड ।
गढीमाई र सिमरौनगढ पर्यटकीय विकास कार्यक्रमका लागि १ करोड ५० लाख बेटी बचाउ बेटी पढाउ कार्यक्रमको विभिन्न शिर्षकमा ५४ करोड बजेट छुट्याइएको छ ।