काठमाडौं । भारतमा कोरोना भाइरस उच्च विन्दूमा पुगेको छ । हरेक दिन १० हजार भन्दा बढी नयाँ संक्रमित थपिँदै गएका छन् भने विश्वमै तेस्रो स्थानमा रहँदा संक्रमित थपिएका छन् ।
मृत्युमा पनि भारत २४ घण्टामा तेस्रो स्थानमै रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार १४ जना संक्रमित थपिएका छन् ।
योसंगै संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ । मृतकको संख्या ९ हजार ९१५ पुगेको छ । ३९६ जना नयाँ मृतक हुन् । जुन एकैदिन भारतमा बढी हो ।
पछिल्लो २४ घण्टामा संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढी रहेको छ । १० हजार ६३७ जनालाई निको भएको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २ हजार ७८६ जना थपिएर संक्रमितको संख्या १ लाख १० हजार ७४४ पुगेको छ । मृतक १७८ थपिएर ४ हजार १२८ पुगेका छन् ।