काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर वर्षा भएको छ । नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल प्रदेश नं ५ का थोरै भूभाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भूभागहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जसका कारण ती क्षेत्रहरुका नदिमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सोमबार देशका अधिकांश स्थानमा वर्षा भएको थियो । वर्षा आगामी दिनदिनसम्मै हुने महाशाखाले जनाएको छ । मनसुन चलिरहेकाले यसले निरन्तर दुःख दिनेछ । पर्वतमा पहिरो आएर ८ जनाको ज्यान गएको छ । अन्य धेरै ठाउँमा पहिरो गएको छ ।
खोलाहरु उर्लिएका छन् । काठमाडौं उपत्यकामा पनि वर्षाले अप्ठेरो पारेको छ । सरकारले जताततै नयाँ बाटो निर्माण गर्न लागेका कारण पानी जमेर हिलाम्ये भएको छ ।