काठमाडौं । सरकारले जहाज उडानमा प्रतिबन्ध लगाएकोप्रति व्यवसायी एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले आश्चर्य प्रकट गरेका छन् ।
उनले पर्यटनमन्त्री योगेश भट्टराईलाई उडान प्रतिबन्ध बढाएकोप्रति प्रशन गरेका छन् । उनले सोधेका छन् – के तपाईलाई थाहा छ एयरपोर्ट र होटलहरुमा के परिवर्तन हुन्छ ?’
बेलायत र युरोपको उदाहरण दिँदै बजगाईले सुरक्षा व्यवस्थापन गरेर खुला गरिएको उल्लेख गर्दैै बजगाईले ती प्रक्रिया अपनाएर खुला गर्नुपर्ने सुझाव मन्त्री भट्टराईलाई दिएका छन् ।