नेपालगञ्ज। बाँके र बर्दियामा आज १० जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा बाँकेका १ र बर्दियाका ९ जनामा संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालका अनुसार बाँकेको कोहलपुर नगरपालिकाका १ जना तथा बर्दियाको बढैयाताल गाउँपालिकाका ४, मधुवन नगरपालिकाका ३, राजापुर र ठाकुरबाबा नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।