arrow

कोरोना उपचारमा अहिलेसम्मकै सबैभन्दा ठूलो उपलव्धी, सस्तोमै पाइने भयो औषधी

logo
प्रकाशित २०७७ असार २ मंगलबार
covid-test-positive-corona.jpg

बीबीसी। सस्तो र सर्वत्र पाइने औषधी डेक्सामेथासोन नामक औषधी कोरोना भाइरससँग लडिरहेका विरामीहरुका लागि उपयोगी हुने तथ्य फेला परेको छ। कोरोना भाइरसको उपचार गरिरहेका विरामीलाई थोरै मात्रामा दिइएको सो औषधीले महत्वपूर्ण काम गरेको विज्ञहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ। 

बीबीसीका स्वास्थ्य सम्पादक माइकल रोवर्टको रिपोर्टका अनुसार भेन्टीलेटरमा भएका विरामीको मृत्युदर पनि तीन गुणाले कम गराउन सक्ने सो औषधीले अक्सिजन दिएर राखिएका विरामीको मृत्युदर ५ गुणाले घटाउने बताइएको छ।

संसारभर भइरहेको ठूलो परिक्षण मध्येकै एक यो परिक्षण हो। अनुसन्धानकर्ताहरुले कोरोना महामारी शुरु भएकै बेला यो औषधी उपलव्ध भएको भए ५ हजार मानिस बच्न सक्ने अनुमान गरेका छन्। सस्तोमा पाइने यो औषधी कोरोना महामारीसँग जुधिरहेका गरिब देशहरुका लागि सबैभन्दा लाभकारी हुने बताइएको छ।   

डेक्सामेथासोन नामक सो औषधी जीवनदायक औषधीको रुपमा बिबीसीले उल्लेख गरेको छ। कतिपय कोरोना संक्रमित अस्पताल नगई घरमै तथा आइसोलेसनमा रहँदा ठीक भएका छन्। कतिपय अस्पतालमा गएर ठीक भइ फर्किएका थिए। कतिपयलाई अक्सिजन दिनुपरेको र भेन्टीलेटरमा राख्नुपरेको अवस्थामा डेक्सामेथासोन नामक सो औषधी जीवनदायक भएको बताइएको छ। 

औषधी तुलनात्मक रुपमा निकै सस्तो रहेको पनि बताइएको छ।  १० दिनसम्म उपचार गर्नुपर्दा एकदिनको ५.४० पाउण्ड लाग्ने बताइएको छ। यो कमजोर आर्थिक अवस्था भएका देशका नागरिकका लागि पनि अत्यन्तै लाभदायक हुने भएको छ। 

अक्सफोर्ड विश्वविद्यालयको टीमले २ हजार कोरोना विरामीसँग गरेको परिक्षण गरेको थियो। डेक्सामेथासोन नामक सो औषधी दिइएका उनीहरुलाई सो औषधी नदिइएका अन्य ४ हजार विरामीहरुसँग तुलना गरिएको थियो।

सो अध्ययनका क्रममा भेन्टीलेटरमा रहेका डेक्सामेथासोन नामक सो औषधी दिइएका विरामीको मृत्युदर ४० देखि २८ प्रतिशत घटेको थियो भने अक्जन प्रयोग गरिरहेका विरीकव मृत्युदर २५ देखि २० प्रतिशत घटेको थियो। 

अक्सफोर्ड विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक पिटर हर्वीले कोरोना रोगसँग लड्नको लागि महत्वपूर्ण उपलव्धी भएको बताए। उनले कोरोनाका कारण हुने मृत्युदर घटाउने यो मात्रै महत्वपूर्ण औषधी भएको बताए।    



लोकप्रिय समाचार
नयाँ