झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सपना बाँडेर मात्र रोग र भोकबाट बच्न नसकिने बताएका छन् । देश र जनताको रक्षा गर्नुपर्ने सङ्कटका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै उनले भने, 'सपना बाँडेर मात्र रोग र भोकबाट बच्न सकिदैन ।'
“सङ्कटको सामना गर्न प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेका बेला उल्टै भ्रष्टाचार र अनियमितता बढेको छ”, उनले भने, “जसका कारण कांग्रेस देशव्यापी विरोधमा उत्रिनु परेको छ ।”
झापाको चन्द्रगढीमा मंगलबारसञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै सडकमा उत्रिएर युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्किनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति नै बाधक भएको भन्दै उनले समृद्ध नेपाल सुखी नेपाली’ निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको विरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा कांग्रेस रहने बताए ।
राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताएका छन्। प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका लागि कांग्रेसले सहयोग गर्ने बताए ।