मस्को। रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ। पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन्।”
स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रूसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता रहेको थियो। विवाद आपन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ।
मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ।