काठमाडौं । कोरोना भाइरसले २४ घण्टामा एकाएक रुप फेरेको छ । एक लाख ४२ हजार ५५७ जना संक्रमित थपिएका छन् । यो पछिल्ला केही समयको सबैभन्दा उच्च हो ।
त्यस्तैगरी मृतक पनि ह्वात्तै बढेका छन् । २४ घण्टामा ६ हजार ५९२ जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी संक्रमित कहाँ थपिए ?
२४ घण्टामा सबैभन्दा बढी संक्रमित ब्रजिलमा थपिएका छन् । ब्रजिलमा एकैदिन ३७ हजार २७८ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ९ लाख २८ हजार ८३४ पुगेका छन् ।
अमेरिकामा २४ घण्टामा २५ हजार ४५० जना संक्रमित थपिएका छन् । त्यहाँ कुल संक्रमित २२ लाख ८ हजार ४०० पुगेका छन् ।
तेस्रो स्थानको भारतमा एकैदिन कोरोना भाइरसबाट ११ हजार १६१ जना संक्रमित थपिए । त्यहाँ ३ लाख ५४ हजार १६१ संक्रमित पुगेका छन् ।
रुसमा ८ हजार २४८ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ५ लाख ४५ हजार ४५८ जना संक्रमित पुगेका छन् । चिलीमा ५ हजार १३ संक्रमित थपिएर १ लाख ८४ हजार ४४९ पुगेका छन् ।
मृत्यु कहाँ कति ?
सबैभन्दा बढी भारतमा एकैदिन दुई हजार भन्दा बढीको मृत्यु भएको छ । हिलेसम्म २४ घण्टामा चार सय समेत ननाघेको अवस्थामा मंगलबार एकैदिन २ हजार ४ जनाको ज्यान गएको हो ।
योसंगै भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ११ हजार ९२१ पुगेको छ । विश्वमै २४ घण्टामा सबैभन्दा बढी भारतमा ज्यान गएको हो ।
दोस्रो स्थानमा ब्रजिल रह्यो । त्यहाँ १ हजार ३३८ जना संक्रमित थपिएका छन् । मृतक ४५ हजार ४५६ पुगेका छन् ।
अमेरिका तेस्रोमा रह्यो । नयाँ ८४९ को मृत्यु भएको छ । मृतक १ लाख १९ हजार १३२ पुगेका छन् । चौथो स्थानमा मेक्सिको रह्यो । त्यहाँ २४ घण्टामा ४३९ जनाको ज्यान गएको छ ।
बेलायतमा २३३ नयाँसहित मृतकको संख्या ४१ हजार ९६९ पुगेको छ । रुसमा १९३ जनाको ज्यान गएको छ । त्यहाँ कुल मृतक ७ हजार २८४ पुगेका छन् ।
पेरुमा १९६ नयाँ मृतक थपिएर ७ हजार ५६ पुगेका छन् । २४ घण्टामा इरानमा ११५, फ्रान्समा १११, पाकिस्तानमा ११० जनाको ज्यान गएको छ ।