झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ स्थित गोपाल सुवेदीको घरमा मंगलबार राति करिब ९ बजेको समयमा एक शंकास्पद महिला भेटिएकी छ्न् ।
ग्वाल्डुब्बा युवा समुहका अध्यक्ष भोला चक्रबर्तीले दिएको जानकारी अनुसार आफुलाई ओम शान्ति महिला भनी परिचित गराउने उक्त महिलाको शंकास्पद गतिविधि र कुराकानीले सो घरका मानिसहरु त्रसित भएकोले राति नै स्थानीय प्रहरी कार्यालयमा खबर गरी उनलाई राति ११ बजे प्रहरीको जिम्मा लगाइएको चक्रबर्तीले बताए ।
प्रहरीको अनुसन्धानमा भारतीय नम्बर भएको मोबाइल सिम उनले प्रयोग गरेको पाइएको छ । लक्ष्मी गिरी नाम बताउने करिब बर्ष ३५ की महिलालाई स्थानीयहरुले सुरक्षित खाने बस्ने ब्यवस्थापन सहित प्रहरीमा जिम्मा लगाइएकोले निज महिलालाई चिन्ने आफन्तले स्थानीय जुरोपानी प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
हाल ब्याप्त कोरोना भाइरसको सन्त्रासमा यसरी अपरिचित मानिसहरु गाउँ घरमा देखा पर्दा जनमानसमा त्रासको वातावरण सिर्जना भएको युवा समुहका अध्यक्ष चक्रबर्तीले बताए ।