काठमाडौं । भारत र चीनका सैनिकबीच गालवन घाटीमा भएको झडप उत्कर्षमा पुगेको छ ।
समाचार एजेन्सीका अनुसार चीनका ४० भन्दा बढी सैनिक मारिएका छन् । मृत्यु हुनेमा कमान्डिङ अफिसरसमेत रहेको बताइएको छ ।
सोमबार र मंगलबार राति भएका झडपमा उक्त क्षति भएको हो । विगत ४१ दिनदेखि उक्त क्षेत्रमा तनाव भए पनि सोमबार राति आक्रमण भएको हो ।
भारतीय संचारमाध्यमहरुले भारतीय सैनिक टोली वार्ताका लागि गएका बेलामा चीनले सुरुआतमा आक्रमण गरेको दावी गरेका छन् ।
यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । चीनले भने आफ्नो तर्फ भएको क्षतिसमेत लुकाइरहेको छ ।
पटक पटक चीनले आफ्नो बोली फेरेको छ । ४३ चिनियाँ सैनिको मृत्यु भएको बताइए पनि चीनले यसलाई स्वीकारेको छैन ।
दुई देशबीचको तनावबीच हिमालच प्रदेशको लाहोर–स्पिति र किन्नौर जिल्लामा अलर्ड घोषित गरिएको छ ।
भारतका २० जवानको पनि ज्यान गएको छ । १३५ जना घाइते रहेका छन् जसमा चार सैनिकको हालत गम्भीर भएको बताइएको छ ।
तीन घण्टासम्म चलेको झडप लद्धाखको १४ हजार फिटको उचाइमा गालवन बेलीमा भएको हो ।
हमला ढुङ्गा, लाठी र धारिलो चिजले गरेको पनि बताइएको छ । यद्यपि दुवै देश विश्वका एटम बममा दक्ष राष्ट्र गनिन्छन् ।